काठमाडौं । प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) र नेपाल पुलिस स्कुल साँगाबीच भोलि [मंगलबार] प्रतिस्पर्धा हुने भएको छ। फाइतल खेल भोलि बिहान ११ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
यसअघि, शनिबार भएको सेमिफाइनलमा एपीएफले मनकामना सेकेन्डरी स्कुल जोरपाटीलाई ४–० र पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालय सल्लाघारीलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गर्दै एकअर्कासँग भेट पक्का गरेका हुन् ।
एपीएफको जितमा विकास बोहोराले २ तथा तन्जिङ शेर्पा र रोहित गोलेले एक/एक गोल गरेका थिए। विजयी टोलीका विकास बोहोरा खेलको म्यान अफ दी म्याच घोषित भएका थिए। उनलाई सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र गुरागाईँले ट्रफी प्रदान गरे ।
पुलिस र सैनिक महाविद्यालयबीचको दोस्रो सेमिफाइनलमा निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा पुलिसले बाजी मार्यो । पुलिसका दिप्सन परियार खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई सैनिक महाविद्यालयका प्रिन्सिपल दलप्रसाद पुनले ट्रफी प्रदान गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
