नेपालसँग नेदरल्यान्ड्स १३७ रनमै अल आउट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमै अल आउट गरेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ विकेट लिए ।

Advertisement

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

More News last news
Loading...