काठमाडाैं | आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले आज (शनिबार) बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरू हुनेछ ।
विश्वकपसमेत खेलेका खेलाडी सम्मिलित बलियो टोली नेदरल्यान्ड्स लिग-२ मा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेलमा हार व्यहोरेको नेपाल कमब्याक गर्ने लक्ष्य छ । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
नेपालको घरेलु मैदानमा नेदरल्यान्ड्स पहिलो पटक ओडीआई खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सले यसअघि ३ पटक एक आपसमा ओडीआई खेल खेलेका छन् ।
तीनमध्ये दुईमा न्युजिल्यान्ड्सले सहज जीत हासिल गरेको थियो भने एकमा नेपालले १ रनको जीत दर्ता गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
