काठमाडौं l रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका, रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो ।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । मानव सेवाको लागि ‘पुरानो कपडालाइ : पुन प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास पाण्डेयले गरे ।
बुटवल नगरका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको हो । यस परोपकारी कार्यमा सम्पूर्ण संघ सस्था साथै नगरबासी सबैलाई अनुरोध समेत गरिएको छ ।
क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सकिने भएको छ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको यस अभियानका अभियानकर्ता कमल जि.सी.ले बताए ।
देशका सातै प्रदेशमा संचालन हुन लागेको यो अभियानको औपचारिक शुभारम्भ यहि फाल्गुन ५ गते बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जिसिले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
