काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । आज (बिहीबार) कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्यो।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो। नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए।
नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो। सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे। तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
