नयाँ विश्वविद्यालयका लागि अनुमति दिन नहुनेमा सांसदहरुको जोड

काठमाडौं । सांसदहरुले नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै अधिकाश सांसदहरुले भएका विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु नभएको र सरकारले भएका विश्व विद्यालयहरुको अवस्था सुधार गर्न नसकेको बेलामा नयाँ विश्वविद्यालय खोल्न अनुमति दिनु उचित नहुनेमा जोड दिएका हुन् ।

उनीहरुले सरकारले भएको पुरानो त्रिभुवन विश्वविद्यालयमा भएका बेथिति र कमजोरीहरुलाई सुधार गर्नुको सट्टा थप नयाँ नेपाल विश्वविद्यालय खोल्न अनुमति दिन जरुरी नभएको बताए । सांसदहरुले त्रिभुवन विश्वविद्यालयमा विभिन्न विभागको विषयगत परीक्षाको परीक्षाफल समयमा प्रकाशित नहुने तथा परीक्षा नहुने जस्ता समस्या समाधानको लागि पहल समेत नभएको अवस्थामा नयाँ विश्वविद्यालय किन आवश्यक प-यो ? भन्दै मन्त्रीलाई सांसदहरुले प्रश्न गरे ।

Advertisement

उनीहरुले विश्वविद्यालय बनाउने राजनीतिक नेताले नभएर विश्वविद्यालय अनुदान आयोगले भएको भन्दै सरकारले विश्वविद्यालय अनुदान आयोगलाई सरकारले प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । सांसदहरुले सरकारले विश्व विद्यालय माथि अर्को विश्वविद्यालय थाप्ने काम गर्न नहुने बताए । उनीहरुले सरकारले चलिरहेका विश्वविद्यालय भन्दा नयाँपन दिनसक्ने मात्रै ठिक हुने पनि उल्लेख गरे । सांसदहरुले नयाँ विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएपनि विश्वविद्यालयले अध्ययपानको लागि विद्यार्थी कहाँबाट ल्याउनु हुन्छ ? भन्दै प्रश्न गरे ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नयाँ विश्वविद्यालय सञ्चालनको लागि विश्वविद्यालयले विद्यार्थीहरु विदेशबाट ल्याउने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपालका गाउँहरु खाली भएकाले केही वर्षमा स्नातक अध्ययन गर्ने विद्यार्थी नै नहुने अवस्थामा नयाँ विश्वविद्यालयको आवश्यकता नभएको बताउनुभयो । उहाँले नयाँ विश्वविद्यालय सञ्चालन गर्ने स्रोत व्यवस्थापन कसरी गर्ने सबै यकिन हुनुपर्ने बताउनुभयो ।

सांसद भण्डारीले नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग प्रतिष्पर्धा गर्ने बनाउनसके मात्रै नेपाली विद्यार्थीहरु नेपालमा बस्ने बताउनुभयो ।

More News last news
Loading...