शेखर कोइरालाले भने – ‘हामीलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरूलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको बताउनुभएको छ । सोमबार(आज) कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड हेर्न खोजेको भन्दै आफूहरूले स्वयं प्रधानमन्त्रीकै हेर्न खोजेको बताउनुभएको हो।

‘मैले सुनेको, ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौं नछाड्नु भन्नुभएको छ। रिपोर्ट कार्ड हेर्ने होला। म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, उहाँले भन्नुभयो। अर्थमन्त्री प्रकाशशरण महतसमेत सहभागी सो कार्यक्रममा कोइरालाले संसदीय व्यवस्थामा अर्थमन्त्रीले राम्रो वा नराम्रो जे गरे पनि त्यसको सबै जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभयो।

Advertisement

कोइरालाले अहिले गणतन्त्रमाथि देशैभर ठुलो आक्रमण भइरहेको आफूले पाएको बताउनुभयो। ‘जनतामा निराशा र आक्रोश छ। स्वाभाविक हो। त्यो आक्रोश र निराशा गणतन्त्रप्रति होइन, सङ्घीयताप्रति होइन। नेतृत्वप्रति हो भन्ने मलाई लाग्छ’, उहाँले भन्नुभयो।

More News last news
Loading...