काठमाण्डाै । फिफाले सन् २०२७ मा हुने महिला विश्व कप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको पुष्टि गरेको छ।
युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन दिएका छन् । त्यस्तै, मेक्सिको र अमेरिकाले पनि संयुक्त निवेदन पेस गरेका र ब्राजिलले एकल आयोजनाका लागि निवेदन दिएको फिफाले जनाएको छ ।
यी निवेदनमा सन् २०२४ को मे १७ तारिखमा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ । अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्व कप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्व कप आयोजना गरेको थियो ।
गएको वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए। यो महिला विश्व कपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
