अस्ट्रेलियामा बस्ने प्रतिज्ञा खनालसँग क्रिकेटर अविनाष बोहराले गरे ‘इन्गेजमेन्ट’

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजवंशीले अविनाष बोहरा लगन गाँठोमा गाँसिने भएका छन्। २६ वर्षीय मध्यमतेज गतिका बलर अविनाषले सोमबार प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका छन्।

अविनाष राष्ट्रिय टोलीका प्रभावशाली बलर हुन् । उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन्।

Advertisement

अविनाषले देशका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन्। उनले सन् २०२० को फेब्रुअरी ५ मा कीर्तिपुर मैदानमा ओमानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए।

अविनाषले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरुलाई सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् । प्राप्त समाचार अनुसार, प्रतिज्ञा अस्ट्रेलियाको सिड्नीमा बस्छिन्।

More News last news
Loading...