काठमाडौं । फिफा विश्वकप फुटबलको छनौट खेलमा नेपाललाई युएईले हराएको छ । विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनौटमा नेपाललाई युएईले ४-० ले हराएको हो ।
गएराति दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । युएईका लागि अली माब्खोउटले दुई गोल गर्दा खालिफा अल हमादी र फाबियो लिमाले एक एक गोल गरे ।
पहिलो चरणको खेलमा लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको थियो ।
दोस्रो चरणमा नेपालको समुहमा युएई, बहराइन र यमन रहेका छन् । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले समुहको दोस्रो खेलमा यही मंसिर ५ मा गते यमनसँग काठमाडौंमा खेल्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
