‘गणतन्त्र फ्याँक्न’ दुर्गा प्रसाइँले मागे प्रधानमन्त्रीसँग ५० लाख

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘गणतन्त्र फ्याँक्ने’ भन्दै सरकार र नेताहरुसँग सहयोग माग गरेका छन् । प्रसाइँले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गर्दै भने, ‘मंसिर ७ बाट सुरु गर्ने नागरिक मुक्ति आन्दोलनले वार कि पार गर्नेछ ।’

सोमबार आज भक्तपुरस्थित आफ्नै निवासमा केही युट्युबरलाई भेला गरेर आन्दोलनको घोषणा गरेका उनले प्रधानमन्त्रीलगायत सबै दलका नेताले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् । ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याँक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु’ प्रसाइँले भने, ‘उहाँ मनको कमजोर हुनुहुन्छ, पक्कै दिनुहुन्छ ।’

Advertisement

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि पैसा माग्ने उनले बताए । ‘ओली हजुरबासँग पनि ५० लाख रुपैयाँ माग्छु’ उनले भने, ‘शेरबहादुरसँग पनि माग्छु । मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ ।’

२० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने उनले माग राखेका छन् । उनले ‘राइट टु रिजेक्ट’ र ‘नो भोट’को व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने र प्रदेश संरचना खारेज गर्नुपर्ने माग आफ्नो अभियानले अघि सारेका छन् ।

More News last news
Loading...