काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई तत्काल थुनामा पठाउने आदेश दिएको छ । जन्मकैदको सजाय पाएका रिगललाई दिईएको आममाफी दिने निर्णय बदर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
वि।सं २०७२ साल असार २८ गते नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगल जेलमा रहेका थिए । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरेका थिए ।
चेतनकी श्रीमती भारती मानन्धरले कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
रिगल पुनः पक्राउ
योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । बिहीबार सर्वोच्च अदालतले पुन पक्राउ गर्न आदेश गरेपछि अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।
विहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाल (रिगल)लाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
