काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँगले पाकिस्तानलाई ७ विकेटले हराएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो।
भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ९१ र रन बनायो । उसका लागि कप्तान बाबर आजमले ५० रन बनाए।
यस्तै, मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह सफिकले २० र हसन अलीले १२ रन बनाए। एक सय ५५ रन बनाउँदासम्म पाकिस्तानको दुई विकेट मात्रै गुमेको थियो । बाँकी ३६ रन बनाउँदा उसका सबै खेलाडी आउट भए।
भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २-२ विकेट लिए। यो विश्वकपमा भारतले ती खेल खेलेकोमा सबैमा जित निकालेको छ भने पाकिस्तानले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ।
भारत एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग अहिलेसम्म पराजित भएको छैन। यी दुई देशबीच विश्वकपमा आजसम्म ८ खेल भएकोमा सबै खेल भारतले जितेको छ। तर पाकिस्तानले टी–२० विश्वकप क्रिकेटमा भने भारतलाई हराएको छ।
सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। टी–२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा मात्रै विजयी भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
