काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले ओसासुनालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ।
रियलको जितमा सानदार फर्ममा जुड बेलिङघमले २ तथा भिनिसियस जुनियर र जोसेलुले समान १ गोल गरे। बेलिङघमले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। ५४औं मिनेटमा बेलिङघमले नै अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। भिनिसियस जुनियरले ६५औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। चौथो गोल भने स्ट्राइकर जोसेलुले ७०औं मिनेटमा गरेका हुन्।
जोसेलुले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्ने मौका भने खेर फालेका थिए। ८४औं मिनेटमा ओसासुना गोलरक्षकले उनको पेनाल्टी विफल पारेका थिए।
जित पछि रियल ९ खेलमा २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। हार बेहोरेको ओसासुन भने १० अंक सहित ११औं स्थानमा छ।
गएराति नै भएका अन्य खेलमा जिओनाले कार्डिजलाई एक शून्यले हरायो। सेभिल्ला र रायो भालेकानोले २-२ को बराबरी खेल्दा मालोर्का र भ्यालेन्सिया एकएकको बराबरीमा रोकिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
