काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ६१–१७ ले पराजित भएको छ ।
योसँगै नेपाल कास्य पदकमा सीमित हुनु परेको छ भने भारत फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको नेपाल इरानसँग हारेपछि समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।
पहिलो हाफमा भारत २९–१० ले अगाडि रहेको थियो । एसियाली खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
