ओलीकै उमेद्वारलाई हराउँदै एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह निर्वाचित

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी हुनुभएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उहाँले तीन सय ६९ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धी मिनबहादुर शाहीले दुई सय ७ मत ल्याउनुभयो । अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायले ४ मत ल्याउनुभयो । यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी हुनुभएको छ ।

Advertisement

उहाँले तीन सय ४२ मत ल्याउनुभयो । हाँका प्रतिष्पर्धी लालबहादुर महतराले एक सय ७६ मत ल्याउनुभयो । सचिवमा धु्रवकुमार शाहीले चार सय ६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी रुद्र शाहीले एक सय ६९ मत ल्याएर पराजित हुनुभयो ।

यस्तै, उपसचिवमा रविन्द्रराज शर्मा र रमेशबहादुर शाही विजयी हुनुभएको छ । शर्माले दुई सय ६६ मत ल्याएर विजयी हुनुभयो भने शाहीले दुई सय ९९ मत ल्याएर विजयी हुनुभयो ।

गुलावजंगलाई स्थायी कमिटी सदस्य रहेका कर्णालीकै नेता यामलाल कँडेलले साथ दिएका थिए भने मीनबहादुरलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीकै साथ थियो । तर पार्टी अध्यक्षकै उम्मेदवार बनाएर प्रतिस्पर्धामा उत्रिएका मीनबहादुरको प्यानलबाट कुनैपनि पदाधिकारीले जित्न सकेनन् ।

More News last news
Loading...