१९औं एसियाड क्रिकेटको क्वाटर फाइनल : भोली नेपाल-भारत भिड्दै

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत भोली हुने क्रिकेट क्वाटर फाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो ।

कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका हुन् । नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

Advertisement

मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

More News last news
Loading...