कुशल मल्लको विश्व कीर्तिमानी शतक

काठमाडौं । नेपाली युवा ब्याटर कुशल मल्ल अन्तर्राष्ट्रिय क्रिकेटमा फास्टेड हन्ड्रेड बनाउने खेलाडी बनेका छन। पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियाविरुद्ध मल्लले ३४ बलमा शतक बनाएका हुन्। उनले यसअघि डेभिड मिलरको ३५ बलको शतकको रेकर्ड तोडेका छन्। उनी १३५ रन बनाएर क्रिजमा छन्।

चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर नेपालले सुरुआती ब्याटिङ गरिरहेको छ। तेस्रो नम्बर क्रिजमा आएका कुशलले ३४ बलमा शतक पूरा गरे। उनले ६ चौका र आठ छक्का प्रहार गरे। नेपालले १७ औं ओभरमा ओभरमा दुई विकेट गुमाएर २ सय ५८ रन बनाएर खेलिरहेको छ।

Advertisement

यसअघि कुशलले १९ बलमा अर्धसतक बनाएका थिए। कुशल मल्लले १९ बलमै अर्धसतक बनाउँदै ज्ञानेन्द्र मल्लको कीर्तिमान भंग गरेका छन्। ज्ञानेन्द्रले २० बलमा अर्धसतक बनाएका थिए

यसअघि मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो। मंगोलियाको अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल हो।​ मंगोलियापछि नेपालले माल्दिभ्ससँग आइतबार खेल्नेछ।

More News last news
Loading...