काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।
बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेतापैरामा जीप दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा थप तीन जना घाइते भएका छन् । जीप सडकबाट साढे तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
