मधुवनको खाता क्षेत्रमा बाघ आतंका, खोजिकार्यमा खटियो निकुञ्ज, सेनालगायतको समुह

बर्दिया । मधुवनको खाता जैविकमार्ग क्षेत्र आसपास खेतमा देखिएको पाटे बाघको खोजी कार्य जारी छ । बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, एनटीएनसी बर्दिया लगायत समुदायको सहभागीतामा बाघको खोजी भैरहेको छ ।

मंगलवार बिहान मधुवन नगरपालिका बडा नम्बर ३ स्थित बिपदपुर नजिक स्थानीयको खेतमा बाघ देखेपछि त्रसिछ स्थानीयहरुले प्रहरी र मधुवन नगरपालिकालाई खबर गरेका थिए । एकाएक स्थानियको खेतमा बाघ देखिएपछि सुरक्षित स्थानमा बस्ने मधुवन नगरपालिकाले समुदायलाई आग्रह गरेको छ।

Advertisement

गाउँको खेतबारीमै बाघ आएपछि मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले डिभिजन वन कार्यालय बर्दिया, बर्दियाका प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम र प्रहरीलाई खबर गरी बाघ गाउँ छिर्न सक्नेभन्दै नियन्त्रणमा लिन अनुरोध गरेका छन्।

More News last news
Loading...