काठमाण्डाै । भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे । श्रीलङ्काले दिएकाे ५१ रनकाे झिनाे लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए।
यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् ।
बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए। भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ। भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेकाे थियाे। यस्तै श्रीलङ्का ६ पटककाे विजेता हाे। श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेकाे थियाे । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेकाे थियाे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
