मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १-० ले पराजित भएको छ। खेलको ८५ औं मिनेटमा नेपालले गोल खाँदै पराजय बेहोरेको हो।

८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो। सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो ।

Advertisement

म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो।

पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो। पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो।

More News last news
Loading...