काठमाडौं । एसिया कप क्रिकेटमा प्रतियोगितामा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ । बुधबार पाकिस्तानमा भएको उदघाटन खेलमा नेपाल र पाकिस्तानसँग पराजित भएको हो । मुल्तान क्रिकेट मैदानमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको थियो ।
नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।नेपालले यही खेलमार्फत एसिया कपका डेब्यू गरेको हो । नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानसँग खेलेको हो ।
६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अर्को खेल भदौ १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ । प्रतियोगिता भदौ ३१ गतेसम्म चल्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
