आहा रारा पोखरा गोल्डकपबाट ९४ लाख आम्दानी ३ लाख बचत

पोखरा l सहारा क्लब पोखराको आयोजनामा गत वर्ष भएको २२ औं आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख १८ हजार बचत भएको छ।

प्रतियोगिताबाट ९४ लाख ६५ हजार आम्दानी भएकोमा खर्च कटाइ उक्त रकम बचत भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आर्थिक संकलन उपसमिति संयोजक सुनिल गुरुङले आय–व्यय सार्वजनिक गर्दै फाइनलमा दर्शक टिकटबाट मात्रै १० लाख आम्दानी भएको बताए ।

Advertisement

पोखरा रंगशालामा १४ देखि २३ पुषसम्म भएको भएको प्रतियोगितामा १० टिमले भाग लिएका थिए । जसमा संकटा क्लब विजेता र भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बने ।

मुख्य प्रायोजक रहेको हिमश्री फुड्सले २२ लाख २५ हजार सहयोग गरेको भने प्रबद्र्र्धक पोखरा महानगरपालिकाले १० लाख दिएको थियो ।
यस्तै, मुख्य प्रायोजकबाट एक लाख बराबरको रारा तयारी चाउचाउ दर्शकलाई वितरण गरिएको क्लब अध्यक्ष हरिराम गुरुङ सुरजले बताए ।

More News last news
Loading...