रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस, काे कहाँ ?

काठमाडौं । सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो ।

बिहीबार राजदूत सिफारिस गरिएको परराष्ट्र स्रोतले जनाएको छ । तर यो सूचीमा परराष्ट्र सचिव भरतराज पौड्याल भने परेका छैनन् । उनको यही वर्षको मंसिरमा उमेर हदका कारण कार्यकाल सकिँदैछ । मन्त्रिपरिषद्को निर्णयअनुसार ६ जना मन्त्रालयका सहसचिवहरूलाई राजदूतमा सिफारिस गरिएको छ ।

Advertisement

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगमा सहसचिव लोकबहादुर थापालाई सिफारिस गरिएको छ । थापा बेल्जियमका लागि नेपालका पूर्वराजदूत हुन् भने अहिले मन्त्रालयमा उत्तरपूर्वी एसियाका महाशाखा प्रमुखका रूपमा कार्यरत छन्। उनीबाहेक बाँकी ५ जना सहसचिव पहिलो पटक राजदूतमा सिफारिस भएका हुन् ।

यस्तै, जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगमा सहसचिव रामप्रसाद सुवेदीलाई सिफारिस गरिएको छ । उनी मन्त्रालयमा दक्षिण एसिया महाशाखा प्रमुखको रूपमा कार्यरत थिए । प्रोटोकल डिभिजनका प्रमुख सुधीर भट्टराईलाई फ्रान्सका लागि राजदूतमा सिफारिस गरिएको छ । यस्तै, प्रशासन प्रमुख धनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सहसचिव तेजबहादुर क्षेत्रीलाई यूएईको राजदूतमा सिफारिस गरिएको छ । उनी अहिले मन्त्रालयमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख छन् । सहसचिव धनबहादुर वली थाइल्यान्डको लागि राजदूत भएका छन् । उनी अहिले क्षेत्रीय संगठन महाशाखामा प्रमुखका रूपमा कार्यरत छन् ।

More News last news
Loading...