नेकोस राष्ट्रिय तेक्वान्दोमा रिमा र खुश्बुलाई स्वर्ण

काठमाडौं l कोटेश्वरकी रिमा खत्री र चन्द्रागिरीकी खुश्बु लिम्बूले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्। राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगितामा रिमाले महिला ५२ केजीमा र खुश्बुले महिला ४६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्।

कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको महिला ५२ केजीको फाइनलमा रिमाले चन्द्रागिरीकी रचना कुमाललाई हराइन्। यो तौलसमूहमा नेपाल सेल्फ डिफेन्सकी स्वस्तिका खड्का र हेटौडाकी अनिषा विकले कांस्य पदक जिते।

Advertisement

४६ केजी तौलसमूहमा स्वर्ण जितेकी खुश्बुले फाइनलमा युयुत्सुकी कृष्टिना बस्नेतलाई हराइन्। यस तौलसमूहमा नेसनल एकेडेमीकी सोफिया गुरुङ र लाथुम्कीकी परिधि अधिकारीले काँस्य पदकमा चित्त बुझाए। त्यसअघि दुईदिने प्रतियोगिताको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज कर्णबहादुर थापाले प्रतियोगिताका जुरी गणेश जिम्बा लामालाई तेक्वान्दो खेलसामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरेका थिए।

आइबारसम्म हुने प्रतियोगितामा ग्योरोगीमा २० र पुम्सेमा दुई गरी कूल २२ स्वर्ण पदकका लागि ३१ वटा डोजाङका ३७५ खेलाडीले प्रतिष्पर्धा गरिरहेको राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक हीराबहादुर थापाले जानकारी दिए।

More News last news
Loading...