काठमाण्डाै । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेकाे छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेकाे नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेकाे छ।
नेपाल ३८ खेलमा ३५ रेटिङका साथ १४ औँ स्थानमा छ। नेपालले यही हप्ता आईसीसी विश्वकप छनोटमा चारमध्ये तीन खेलमा पराजित भए पनि वरीयता यथावत् रहेकाे हाे। एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताकाे शीर्ष स्थानमा अस्ट्रेलिया छ।
यस्तै पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इङ्ग्ल्यान्ड पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन्।
नयाँ वरीयताअनुसार नेपालका ब्याटर आसिफ शेख र बलर साेमपाल कामीले १/१ स्थान सुधार गरेका छन् । आसिफ ७२ औँ स्थानमा उक्लिँदा साेमपाल ७४ औँ स्थानमा आइपुगेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
