काठमाण्डाै l एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले भोलि शनिवार नेदरल्याण्ड्ससँग खेल्दैछ । सुपर सिक्समा पुग्नको लागि नेपालले भोलिको खेलमा नेदरल्याण्ड्सलाई हराउनैपर्नेछ । नेपालले भोलि नेदरल्याण्ड्सलाई हराएर मात्रै पुग्नेछैन, अरु टिमको नतिजामा पनि भर पर्नुपर्नेछ ।
समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन् । नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ, ३ खेलमा दुई अंक जोडेको नेपाल चौथो र ३ खेलमा जितविहीन रहेको अमेरिका पुछारमा छन् ।
शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । भोलि नेदरल्याण्ड्ससँगको खेलको लागि नेपालले आज जिम्बावेमा पर्याप्त तयारी गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
