नेपालले आज जिम्बावेसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज (आइतबार) नेपालले जिम्बावेसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

Advertisement

मैदान उत्रिँदा नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो भेटमै जिम्बावेविरुद्ध अप्रत्यासित जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले यसअघि जिम्बावेविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो।

विश्वकप छनोट प्रतियोगिताको उक्त खेलमा जिम्बावेका सिकन्दर राजा र ब्रेन्डान टेलरले शतक बनाएका थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ।

नेपालले विश्वकप छनोटका लागि १० दिन दक्षिण अफ्रिकामा अभ्यास गरेको थियो । दक्षिण अफ्रिकामा अभ्यासका क्रममा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अनौपचारिक तयारी खेल खेलेको नेपाल दुवै खेलमा पराजित भएको थियो ।

More News last news
Loading...