नाला सफाइ गर्ने क्रममा प्लास्टिककाे झाेलाभित्र १०५ थान गाेली भेटियाे

पर्सा । वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा हिजाे आइतवार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।

महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।

Advertisement

नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।

भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

More News last news
Loading...