नेपाल प्रिमियर कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित सेमिफाइनल खेल नतिजाविहीन भएपछि नेपाल समूह बिजेताका हैसियतले फाइनलमा पुगेको हो।

Advertisement

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।

कुवेतको ब्याटिङलाइन ध्वस्त पार्नका लागि करण केसीले महत्वपूर्ण योगदान गरे। उनले पाँच विकेट लिए भने एक विकेट सोमपाल कामीको नाममा रह्यो।

जवाफी व्याटिङमा आएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा दर्के पानी परेपछि रोकिएको खेल सुरु हुन सकेन।

त्यसपछि समूह ‘ए’ को बिजेताका आधारमा नेपाल फाइनलमा पुगेको हो।

टस हारेर पहिला ब्याटिङ तानिएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको महत्वपूर्ण योगदान गरे। कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे।

करण केसी ७, सन्दीप लामिछानेले ५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए।

कुवेतका अदनान इद्रिस र मोहम्मद अस्लामले समान ३/३ विकेट लिँदा यासिन पटेल र सायद मोनिबले एक /एक विकेट खसाले ।

More News last news
Loading...