यी भाग्यमानी नेपाली, जसले जिते झण्डै ७२ करोडको चिठ्ठा

काठमाण्डौ । यूएईमा कार्यरत एक नेपालीले झण्डै ७२ करोड रुपैयाँको चिट्ठा परेको छ । यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ७१ करोड ७७ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको चिट्ठा जित्नुभएको यूएईको स्थानीय सञ्चार माध्यम खाजिल टाइम्सले खबर लेखेको छ ।

खाजिल टाइम्सले उल्लेख गरे अनुसार पदमले चिट्ठाको पाँचै नम्बर मिलाउनुभएको छ । उहाँले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठुलो चिट्ठा जित्ने पदम पहिलो सहभागी हुनुभएको छ । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भन्नुभएको छ ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’

Advertisement

पदमले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आउनुभएको छ । उहाँ २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहनुभएको छ ।

उहाँले आफूले यसअघि पनि केही मात्रामा यस्तो चिट्ठा रकम जितेको बताउनुभएको छ । तर आफूले यति ठुलो रकम जित्छु भन्ने सपनामा समेत नदेखेको पदमको भनाई छ । उहाँले पहिलो लक्की नम्बर आफ्नो श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफैँले राखेको बताउनुभएको छ ।

पदमले आफूले मेहनत गरेर कमाएको रकमबाट पनि विभिन्न सहाय र पीडित व्यक्तिहरूलाई सहयोग गरेको भन्दै अब झन् सहयोग गर्न आफूसँग पैसा भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

More News last news
Loading...