सूचना प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले कोड फर चेन्ज नेपाल ले आयोजना गरेको कोडफेस्ट २०२६ अन्तर्गत गण्डकी प्रदेशस्तरीय चरण साउन ७ देखि ९ गतेसम्म पोखरा इन्जिनियरिङ कलेज, फूलबारीमा सञ्चालन हुने भएको छ।
कार्यक्रम अन्तर्गत प्लस टु तथा स्नातक तह ह्याकाथनसँगै प्रोजेक्ट शोकेस आयोजना गरिनेछ। प्रोजेक्ट शोकेसमा कक्षा ८, ९, १० तथा प्लस टु तहका विद्यार्थीहरूले विज्ञान, रोबोटिक्स, सफ्टवेयर, हार्डवेयर, शिक्षा र दिगोपन लगायत विषयका नवप्रवर्तनमूलक परियोजना प्रदर्शन गर्न सक्नेछन्। ह्याकाथनमा कक्षा ११–१२ तथा सूचना प्रविधि सम्बन्धी स्नातक तहका विद्यार्थीले दुईदेखि चार सदस्यीय टोली बनाएर प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ।
प्रदेशस्तरमा उत्कृष्ट हुने टोलीहरूले काठमाडौंमा आयोजना हुने राष्ट्रिय ग्रान्ड फिनालेमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेअवसर पाउनेछन्। राष्ट्रिय फिनालेका लागि तीन लाख रुपैयाँभन्दा बढीको पुरस्कार राशि घोषणा गरिएको छ भने गण्डकी प्रदेशस्तरीय प्रोजेक्ट शोकेसका लागि २५ हजार रुपैयाँभन्दा बढीको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ।उत्कृष्ट टोलीलाई विभिन्न ग्याजेट, सेवा, गिफ्ट ह्याम्पर तथा लगानी र इन्क्युबेसनको अवसर समेत प्रदान गरिनेछ।
कोड फर चेन्ज पोखराका प्रोजेक्ट लिड विशाल आचार्यका अनुसार कोडफेस्ट २०२६ ले विद्यार्थीहरूमा नवप्रवर्तन, सहकार्य रसमस्या समाधानको क्षमता विकास गर्दै प्रविधिमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
