काठमाडौं । आज बुधवार भएकाे खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले हरायाे । यूएईले दिएकाे ३ सय ७२ रनकाे विशाल लक्ष्य पछ्याएकाे कुवेत ३६ ओभर ३ बलमा २ सय २८ रन बनाउँदा अलआउट भयाे । कुवेतका लागि सयद माेनिबले ६८ र परविन्दर कुमारले ५३ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकी र कार्तिक मय्यप्पनले ३/३ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३ सय ७१ रन बनायाे । यूएईका लागि वृत्य अरविन्दले १ सय ८५ र राेहन मुस्तफाले १ सय १८ रन बनाए । २४ रनमा ३ विकेट गुमाएकाे अवस्थामा अरविन्द र मुस्तफाले चाैथाे विकेटका लागि २ सय ७५ रनकाे साझेदारी गरेपछि यूएईले विशाल याेगफल बनाएकाे हाे । बलिङतर्फ कुवेतका शाहरुख कुद्दुस र परविन्दर कुमारले २/२ विकेट लिए ।
याे जितसँगै समूह ‘बी’ मा रहेकाे यूएईले महत्त्वपूर्ण २ अङ्क जाेडेकाे छ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
हिजाे मङ्गलवारदेखि सुरु भएकाे प्रतियोगिता आउँदाे १८ गतेसम्म हुनेछ । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
