बेलायत जाँदै राष्ट्रपति पौडेल

काठमाडौं l राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने भएका छन्। राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् ।

आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । शीतलनिवास स्रोतका अनुसार सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको छ ।

Advertisement

उहाँ मे ४ वा ५ मध्ये कुन दिन प्रस्थान गर्ने भन्ने टुंगो लागिसकेको छैन । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए l

More News last news
Loading...