संघीय सरकारले सहयोग गर्नुको साटो राजनीति गरिरहेको बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संघीय सरकारलाई देशकै प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ अन्त्यै सार्न चुनौती दिएका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले प्रमुख साहलाई ‘जिम्मेवार भएर काम गर्न सचेत’ गराएको दुई दिनपछि उनले संघीय सरकारलाई नै सिंहदरबार अरू पालिकामा सार्न चुनौती दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गर्दै मेयर शाहले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् ।’ पछिल्लो समय सिंहदरबारस्थित संघीय सरकारले सहयोग नगरेकोप्रति असन्तुष्ट बनेका प्रमुख साहले पुनः ओक्रोश पोख्दै सिंहदरबार अन्त्यै सारे आपत्ति नहुने जनाएका छन् ।

Advertisement

‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन । चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति होइन,’ उनले लेखेका छन् । महानगरपालिकाले सुकुमबासीलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै उनले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने उद्घोष गरेका थिए।

पछिल्लो समय सरकार र काठमाडौं महानगरपालिकाबीचको द्वन्द्व बल्झिँदै गइरहेको छ । कानुनअनुसार सार्वजनिक जग्गा कसैले जबरजस्ती कब्जा गरेको छ भने त्यसलाई खाली गराउनुपर्ने र महानगरपालिकाले अभियानकै रूपमा अगाडि बढ्न खोज्दा संघीय सरकारले सहयोग गर्नुको साटो राजनीति गरिरहेको आरोप साहको छ ।

More News last news
Loading...