काठमाडौं । एसएलसी उत्तीर्ण गरेपछि बाबुराम भट्टराई आईएस्सी पढ्न काठमाडौँ आए। अन्तरमुखी स्वभावका बाबुराम त्यस बेलासम्म कसैको प्रेममा परेका थिएनन्। विवाह गर्ने सोचाइ आइसकेको थिएन।
सामान्यतया बौद्धिक विकासका लागि ब्रह्मचारी बन्ने सोचाइका साथै ऋषिमुनिहरूलाई आदर्श मान्ने बाबुराम एकातिर चिन्तन–मनन मात्र गर्ने पूर्वीय दर्शनबाट प्रभावित हुन थालेका थिए भने अर्कोतिर पश्चिमा ढङ्गको प्रेममा स्वतन्त्रताको शैलीलाई पनि उनले नकार्न सकेका थिएनन्।
यी दुवै दर्शनको चेतना मन्थन गर्ने उमेरका बाबुरामका आधुनिक शिक्षा पढेका सहपाठीहरूको जमघट थियो अमृत साइन्स क्याम्पसमा।क्याम्पसमा सहरिया वर्गको हालिमुहाली थियो। जतिबेलै अङ्ग्रेजीमा बोल्ने र फेसनका पारखीहरूको बीचमा परे उनी। एकातिर गाउँले पृष्ठभूमि, अन्तरमुखी स्वभाव त अर्कोतिर ‘फस्र्ट ब्वाई’। सहरिया र गाउँले दुवै पृष्ठभूमिका सहपाठीहरू उनीसँग बोल्न रुचाउँथे। त्यहीँ उनको बिस्तारै महिलाहरूसँग पनि बोलचाल हुन थाल्यो। तर हिसिला यमीसँग कसरी प्रेम सम्बन्ध भयो र विवाह भयो ? भन्नेबारेको पूरा जानकारी भिडियोमा हेर्नुहोस् >>>
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
