बुटवल l रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव ५० हजार घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एकजना विचौलिया विनोद भरसमेत छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले बिहीवार गरेको स्टिङ अप्रेसनमा उनीहरूलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
गिट्टी बालुवा उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्। अख्तियारको टोलीले गाउँपालिकाको चमेना गृहबाट बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
