नेपालमा बढ्यो कोरोना, आज कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी एकाएक बढेको छ । बिहीबार एकै दिन १७ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५०५ जनाको पीसीआर परीक्षणमा ३.३७ प्रतिशतमा संक्रमण पाइएको हो । जम्मा एक जनालाई निको भएको छ । एकैदिन ठूलो संख्यामा संक्रमित पाइएसँगै सक्रिय संक्रमित बढेर ३० पुगेका छन् ।

Advertisement

बिहीबार बढेको यो संख्या केही महिनादेखिकै उच्च हो । यसअघि एकैदिन सात जना संक्रमित पाइएका थिए । भारतमा बढ्दो कोरोना र विभिन्न नाका भएर भित्रिनैहरुका कारण कोरोना ह्वात्तै बढेको बताइन्छ ।

मन्त्रालयले बुस्टर डोज लगाउन जोड गरिरहेको छ । बिहीबार १६ हजार ३०८ जनाले खोप लगाएका छन् ।

More News last news
Loading...