राष्ट्रपति पौडेल र भारतीय समकक्षीबीच टेलिफोन संवाद

काठमाडौँ l नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच आज टेलिफोन संवाद भएको छ।

हाल केरल प्रदेश भ्रमणमा रहेकी राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई फोन गरी राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिएकी छन्।

Advertisement

दुवै देशका राष्ट्रपतिले नेपाल र भारतबीच अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गरे। उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रता थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गरे।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपालबीचको द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने भारतीय राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरिन्।

More News last news
Loading...