काठमाण्डाै l आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले ९८ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ । तर भीम सार्कीले भने राम्रो खेलेका छन् । उनले अर्धशतक प्रहार गरेका छन् । सार्कीले ६० बलमा ५० रन हानेका छन् । यसअघि कुशल भुर्तेल पनि ५० रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म नेपालले २६ ओभर ३ बलकाे खेल सकिँदा ४ विकेट गुमाएर १५२ रन बनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
