नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।

Advertisement

युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।

More News last news
Loading...