काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।
यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो। नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरेका थिए।
उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ।
जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमीला यादवको उम्मेदवारी दर्ता भएको छ। एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन्। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा हुँदैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
