काठमाडौं । पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै ८ मध्ये ७ खेल जितेको नेपालले ओडीआई वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।
आईसीसीले बुधबार अपडेट गरेको ओडीआईतर्फको वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १७औं स्थानमा उक्लिएको हो । नेपालले यूएई र अमेरिकालाई पछि पारेको हो ।
नेपालले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासँगको लिग टू मा चारवटै खेल जितेको थियो भने यूएईमा भएका चार खेलमा तीन खेल जितेको थियो । लगातार उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा पनि नेपालले फड्को मारेको हो ।
सात राष्ट्र सम्मिलित लिग टू मा नेपाल ३२ खेलबाट ३२ अंक जोड्दै पाँचौ स्थानमा छ । लिग टू मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले बिहीबारदेखि घरेलु मैदानमा हुने यूएई र पपुवा न्युगिनीसम्मिलित शृखंलामा चारवटै खेल जित्नुपर्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
