आईसीसी विश्वकप लिग २, नेपाल र पिएनजी भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा भोलि(बिहीबार) नेपाल र पपुवा न्युगिनी(पीएनजी) भिड्ने भएका छन्।

किर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली नेपाल र पाहुना टोली पीएनजीको खेल भोलि बिहान ९ बजेदेखि सुरु हुनेछ।

Advertisement

युएई, पीएनजी र नेपालसम्मेलित सिरिज नेपालका लागि महत्वपूर्ण मानिएको छ। युएई र पीएनजीसँग समान २/२ खेल खेल्ने नेपालले ४ खेल जित्दै क्लिन स्विप गर्यो भने नेपाल एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ।

More News last news
Loading...