नेपालकाे १ सय ५० रन पूरा, भीम सार्कीकाे पहिलाे अर्धशतक

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले १ सय ५० रन पूरा गरेकाे छ । नेपालले ३८ ओभर १ बलमा १ सय ५० रन पूरा गरेकाे हाे।

नेपालले ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा भीम सार्की र सन्दीप लामिछानेले छैटाैँ रनकाे साझेदारी गरेका थिए । नेपालले १ सय २४ रन बनाउँदा ६ विकेट गुमाएकाे अवस्थामा सन्दीप २७ रन बनाएर आउट भए ।

Advertisement

अहिले क्रिजमा भीम (५४ रन) र आरिफ शेख (१९ रन) छन् । याे समाचार तयार पार्दासम्म नेपालले ४० ‌ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएकाे छ ।याे खेलमा मध्य क्रमका ब्याटर भीम सार्कीले पहिलाे बनाएका छन् । एकदिवसीयमा उनकाे याे पहिलाे अर्धशतक हाे।

More News last news
Loading...