होली मनाउन सुरू भएसँगै उपत्यकाको चेकजाँचमा कडाई

काठमाडौं । काठमाडौं उपत्यकामा साेमबार होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा साेमबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने र मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।

Advertisement

काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न समेत आग्रह गरेको छ।

More News last news
Loading...