नेपाल प्रहरीका ७० इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ७० जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका हुन् ।

सरूवा सूची:

Advertisement

प्रहरीको नयाँ ऐन आउँदै

गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ संघीय ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा ३० वर्षे सेवाहद हटाउने विषय उल्लेख छ । सेवाहदका कारण संगठनमा वृत्ति विकासको सिष्टम बस्न नसकेको र यसले देशलाई नै घाटा भएको निष्कर्षका आधारमा सेवाहद हटाउन लागिएको हो ।

प्रहरीमा लामो समयदेखि यस्तो सेवाहद हटाउने विषयमा छलफल हुँदै आएपनि यसले मूर्तरुप पाउन सकेको छैन । नयाँ ऐन बन्न पनि महिनौं लाग्ने भएकाले अहिले अवकाश पाउन लागेका उच्च अधिकारी भने यसबाट लाभान्वित हुने सम्भावना कम छ । यद्यपि, सरकारले चाहेमा तत्कालका लागि नियमावलीमा संशोधन गरी ऐनमा पछि व्यवस्था गर्न सक्ने अवस्था पनि छ ।

सेवाहदकै कारण एसएसपीबाट डिआइजी भएको ८ महिनामै अहिले आइजिपी बन्ने अवस्था छ । भावी आइजिपीका दाबेदारहरु गत असारमा मात्र डिआइजी भएका थिए । डिआइजीमा एक वर्षको समेत अनुभव नलिई उनीहरु महानिरीक्षक बन्ने दौडमा पुगेका छन् ।

More News last news
Loading...