सरकारबाट बाहिरियो एमाले, सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौँ l एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो।

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो ।

‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष पौडेलले भने ।

More News last news
Loading...