काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल-पपुवा न्युगिनी (पि.एन.जी) र युएईको त्रिकोणात्मक श्रृंखला साेमबारबाट युएईमा सुरु हुने भएकाे छ । श्रृंखलाको पहिलो खेलमा नेपालले पि.एन.जी.को सामना गर्ने भएकाे हाे ।
यो खेल युएईमा नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि सुरु हुने भएकाे छ । श्रृंखलामा नेपाल, युएई र पिएनजीले दोहोरो राण्ड रोबिन लिगको आधारमा खेल्ने भएका छन् । हालै काठमाडौंमा भएको स्कटल्याण्ड र नामिबिया सम्मिलित श्रृंखलाका सबै खेल जित्दै हौसिएको नेपाल युएईमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
७ टोली सहभागी विश्वकप लिग-२ क्रिकेटको अंक तालिकामा युएई, नेपाल र पि.एन.जी क्रमशः पाँचौ, छेटौं र सातौं स्थानमा रहेका छन् । ३६ खेलबाट ५० अंक जोडेको स्कटल्याण्डले विश्वकप लिग-२ को उपाधि जितिसकेको छ ।
समान खेलबाट ४४ अंक जोडेको ओमान दोस्रो स्थानमा छ भने ३९ अंकसहित नामिबिया तेस्रो तथा ३५ अंकसहित अमेरिका चौथो स्थानमा रहेको छ । २८ खेलबाट २९ अंक जोडेको युएई पाँचौं र २६ अंक जोडेको नेपाल छैटौं तथा ५ अंक मात्रै जोडेको पिएनजी सातौं स्थानमा रहेका छन् ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी २८ खेलमा २ मा जित र २५ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।
नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम(मौसम) ढकाल l
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
